
कति छ आज सुनचाँदीकाे मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य आज स्थिर रही १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।