
आज विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५० रुपैयाँ ३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा रहेको छ ।