
४९ दिनपछि अनेरास्ववियुले तोड्यो त्रिविको ताला, नेविसंघले फेरि लगायो
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ ।
आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो । नेविसंघको गतिविधिरुद्ध अनेरास्ववियुले नाराबाजी गरेको थियो ।
त्रिवि अनेरास्ववियुका अध्यक्ष शम्भु भट्टका अनुसार सुरक्षाकर्मी र स्थानीयको रोहबरमा तालाबन्दी खोलिएको थियो । आफूहरुको सहमतिबिना ताला खोलिएको भन्दै फेरि नेविसंघले तालाबन्दी गरेको छ ।
नेविसंघले परीक्षाको प्रश्न पत्रमा लापरबाही गरेको भन्दै २७ असारदेखि त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो । उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनमा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नरहेको बताउँनुभयाे ।
नेविसंघका कार्यकर्ताहरुले शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए ।
आजको राजधानी दैनिकबाट