
आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ९२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ ।