
२४ घण्टामा ४४४ नयाँ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २११ र एन्टीजेन परिक्षण गर्दा २३३ गरी जम्मा ४४४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३०७ जना कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९९८ जनाको मृत्यु भइसकेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ४ हजार १९९ जना रहेका छन् ।