
नक्शा लिएर गएँ, अल्फाबिटामा डोजर चलाएँ, मैले के बिराएँ: मेयर बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाउनुभएको छ ।
अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
उहाँले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गर्नुभएको छ । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिन आग्रह गर्नुभएको छ ।