
अभिताभ बच्चनलाई पुनः कोरोना संक्रमण
भारत । भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित हुनुभएकाे छ । कोरोनाको पहिलो लहरमा पनि उहाँ संक्रमित हुनुभएकाे थियाे ।
सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिनुभएकाे हाे । आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गर्नुभएकाे छ ।
बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहनुभएकाे छ । उहाँ संक्रमित भएसँगै यस कार्यक्रमको छायांकन प्रभावित बनेको छ ।