
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५० रुपैयाँ ५४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रुपैयाँ २ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १ पैसा रहेको छ ।