
घट्यो आज पनि सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।