
हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ५० पैसा र बिक्री दर १२८ रुपैयाँ १० पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२८ रुपैयाँ १९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ५३ पैसा र बिक्रीदर १५१ रुपैयाँ २३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।