
थपिए ६५८ कोरोना संक्रमित, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो ।
३ हजार ३ सय ८१ जनाको पीसीआर र ३ हजार २ सय ६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।