
घट्यो आज सुनचाँदीकाे मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।