
कति छ आज सुनचाँदीकाे मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि साेही मूल्यमा काराेबार भएकाे हाे । छापावाल सुन आज ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।