
आज पनि घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।