
एकैदिन थपिए जापानमा २ लाख बढी कोरोना संक्रमित, २ सय ८७ जनाको मृत्यु
एजेन्सी । जापानमा एकैदिन २ लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । जापानमा विहिबार एकैदिन २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोरोना संक्रमित फेला परेको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै पछिल्लो २४ घण्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन् ।
कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ संक्रमित थपिएका छन् ।