
पछिल्लो २४ घण्टामा थपिए ५४२ कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२४ र एन्टीजेन परिक्षण गर्दा ३१८ गरी जम्मा ५४२ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४२१ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९९० जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ९७ हजार ६५७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २६५ जना रहेका छन् ।