“सय दिनमा के गरिस तैँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर” भन्दै हर्क साम्पाङले सार्वजनिक गरे विवरण
काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामहरू फेसबुकमार्फत् सार्वजनिक गर्नुभएकाे छ । मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उहाँले १३ वटा कामका विवरण सार्वजनिक गर्नुभएकाे छ ।
उहाँले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गर्नुभएकाे हाे ।
उहाँले सार्वजनिक गर्नुभएकाे विवरण यस्तो छ–
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान सुरू गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !