
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५४ रुपैयाँ २२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको छ ।