
घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सयले घटेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज तेजावी सुन प्रतितोलामा ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।