
आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५४ रुपैयाँ १० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७८ पैसा कायम भइ कारोबार भइरहेको छ । यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९४ पैसा रहेको छ ।