२४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ३ सय ९९ जनाको पीसीआर र १ हजार ७ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार ५ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।