
फेरि बढ्दै कोरोना संक्रमण: आज एकैदिन १०९० संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १०९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५६० र एन्टीजेन परिक्षण गर्दा ५३० गरी जम्मा १०९० जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४३८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या दुई रहेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या एक लाख ७१ हजार ८३७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ जना रहेका छन् ।