
काठमाडौंमा कोरोनासँगै हैजाका बिरामी पनि बढ्दै
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका साथै हैजाका बिरामी पनि बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ४२ जनामा हैजा पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएको बताइएको छ । पछिल्लो समय ताहाचल, त्रिपुरेश्वर, टेकु र ढल्कुमा हैजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टेकुमा दुई जनामा तथा ताहाचल, त्रिपुरेश्वर र ढल्कुमा एक एक जनामा हैजा देखिएको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।