
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्राको भाउ कति ?
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३० रुपैयाँ २० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८३ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस :