
पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९१२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा गरी जम्मा ९१२ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, ३७० जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९७० जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७६० जना रहेका छन् ।