
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८ सयले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ