
भक्तपुर क्यान्सर अस्पतालका लागि कर्मचारी माग
काठमाडाैं । भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालका लागि कर्मचारी माग गरेको छ । अस्पतालले आज सूचना जारी गरी ९ औँ तहको चिकित्सकसहितका पदमा दरखास्त आह्वान गरेको हो ।
आज प्रकाशित विज्ञापन अनुसार अस्पतालले तेस्रो तहदेखि नवौं तहसम्मका कर्मचारीहरुको नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । उक्त अस्पतालले मागेको पदमा रहेर काम गर्न इच्छुकहरुले १५ दिनभित्र आवेदन दिन भनिएको छ ।
अस्पतालले प्याथलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन, प्यालिएटिभ केयर र मेडिकल रेकर्डस् १ (१ जना माग गरेको छ । मेडिकल अफिसर र स्टनफ नर्स २(२ जना माग गरिएको छ भने १ जना हलुका सवारी चालकका लागि आवेदन माग गरिएको छ । आवेदन शुल्क १२०० देखि ३०० सम्म तोकिएको छ।