
पछिल्लो २४ घण्टामा ८१४ नयाँ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९९ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७० हजार ६२५ जना पुगेको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११ हजार ९६८ जनाको मृत्यु भईसकेको छ । हाल देशभर ५ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन् ।