
२८औँ प्रकाश मानवअधिकार पुरस्कार राजुराम भूललाई
काठमाडौं । प्रकाश मानवअधिकार पुरस्कार, २०७८ राजुराम भूललाई प्रदान गरिएको छ । २८ औँ प्रकाश स्मृति दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको २८ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहमा भूललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
दासताको एक स्वरूपमा कायम रहेको हलिया प्रथा, जातीय विभेद, मानव अधिकार, सामाजिक न्याय, भेदभाव, असमानता तथा समाजमा व्याप्त अनेक कुरीति विरुद्ध अभियान सञ्चालन गरेको भन्दै भुललाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
पुरस्कृत व्यक्ति भुलले मानव अधिकारको रक्षाका लागि आफ्नो आन्दोलन जारी रहेकाले सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनै पनि तरिकाबाट मानव अधिकार हनन हुन नहुने भन्दै यसको संरक्षणका लागि स्थानीय तह थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो । यसअघि उक्त पुरस्कार मनवअधिकारको क्षेत्रमा काम गरेका २७ लाई प्रदान गरिसकिएको छ ।