
काेराेना संक्रमण बढ्दाे: एकैदिन थपिए ८९५ कोरोना संक्रमित, एक जनाको मृत्यु
काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा दुई ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या चार हजार नौ सय ३४ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । होम आइसोलेशनमा चार हजार सात सय ९२, संस्थागत आइसोलेसन एक सय ४२ र आइसियू ३६ र भेन्टिलेटरमा पाँच जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कास्की रहेको छ ।
सून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार आठ सय ७२ र ललितपुर पाँचा सय ४३ र भक्तपुरमा ३० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।