
ह्वावेले सेप्टेम्बरमा मेट ५० सिरिज सार्वजनिक गर्ने
काठमाडौं । ह्वावेले मेट सिरिज आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ ।
कम्पनीले याे सिरिज अन्तर्गत ह्वावे मेट ५०, मेट ५० प्रो र मेट ५० आरएस गरी तीन माेडल ल्याउने छ ।
यी फोनहरूमा हार्मोनी ओएस ३.० सहित नयाँ चिपसेट प्रयोग गरिने बताइएको छ ।
बाहिरिएका जानकारी अनुसार यी तीनओटै फोनहरूमा किरिन ९०००एस चिपसेट प्रयोग गरिएको छ । यसको अर्थ यी फोनहरूले फोरजी मात्र सपोर्ट गर्नेछन् ।
खबर अनुसार मेट ५० मा पन्च होल क्यामेरा उपलब्ध हुनेछ भने मेट ५० प्रोमा फेस स्क्यानिङ फिचर उपलब्ध हुनेछ ।
ह्वावेको हार्मोनी ओएस ३.० उपलब्ध हुने मेट सिरिजका फोनहरू पहिलो फोन हुनेछ ।
स्मार्टफोनको बारेमा अन्य जानकारी उपलब्ध भइसकेकाे छैन ।