
जनार्दन शर्मा पुनः अर्थमन्त्री !
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिने भएको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएकाे श्राेतले जनाएकाे छ ।
शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्। स्रोतका अनुसार आज नै शर्माले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।
बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्येरातमा अर्थ मन्त्रालय बोलाएर करकाे दर हेरफेर गरेको आरोप शर्मालाई लागेकाे थियाे। आरोप लागेसँगै छानिबनका लागि संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो। समितिले शर्मालाई निर्दोष ठहर गरेसँगै उहाँलाई नै अर्थमन्त्री बनाउन लागिएको हो।