
कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रूपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुनकाे मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।