
नेपालमा ६ म्याग्निच्यूडको भूकम्प, केन्द्रबिन्दु खोटाङ
काठमाडौं । काठमाडौंलगायत आसपासको जिल्लामा आइतबार विहान ८ः१४ बजे भूकम्पकाे धक्का महसुस भएकाे छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यका लगायत देशैभरका विभिन्न क्षेत्रमा धक्का महसुस भएको हो ।