
आज एकैदिन थपिए ५७७ नयाँ कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ नयाँ संक्रमित थपिएका छन् । ४ हजार २८२ को नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६९ कोरोनामुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ६४ जनाको मृत्यु भईसकेको छ भने हाल देशभर ४ हजार ३५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।