
प्रधानमन्त्री समक्ष सांस्कृतिक संघले भन्याे- भ्रातृ संस्थाका रूपमा मान्यता दिइयाेस्
काठमाडौं । नेपाल सांस्कृतिक संघका ३० जना केन्द्रीय पदाधिकारी र सदस्यहरू सम्मानित भएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था समेत रहेको संघद्वारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा स्थानीय तह निवार्चन सफल बनाउन र नेपाली कांग्रेसलाई ठूलो दल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने ३ं० जना पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको हाे ।
संघले पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उनीहरुलाई सम्मान पत्र प्रदान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पहिलो दल हुनुमा को भूमिका उल्लेख्य रहेको बताउनुभएको छ । उहाँले संघको अन्य भातृ संगठन र सुभेच्छुक संस्थाको भन्दा कम भूमिका नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि संघको सक्रिय भूमिकाको अपेक्षा गरेको बताउँदै संघका जायज माग सम्बोधन गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संघका सभापति तीर्थबहादुर थापाले आगामी दिनमा नेपाल सांस्कृतिक संघलाई भ्रातृ संस्थाका रूपमा मान्यता प्रदान गरी विधानमा समावेश गर्नुपर्ने बताउनुभयो ।
थापाले पार्टी संगठनको सम्पूर्ण तह र निकायमा नेपाल सांस्कृतिक संघको अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने समेत बताउनुभयो ।
सम्मान कार्यक्रम पश्चात संघका महामन्त्री राजेन्द्र केसीले कलाकार, भाषा साहित्य, संगीतकर्मी लगायत सांस्कृतिक संरचना पार्टीलाई जीवन्त राख्न अपरिहार्य रहेको कुरा पार्टी नेतृत्वले बुझेकोमा खुशी व्यक्त गर्नुभयो ।