
बढ्यो आज सुनचाँदीको मूल्य, ताेलामा कति पुग्याे ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८ सय रूपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज तेजावी सुनकाे मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।