
आज एकैदिन थपिए ६३८ नयाँ कोरोना संक्रमित, दुई जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१८ जना निको भएर घर फर्किएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ रहेको छ ।