
घट्याे आज पनि सुनचाँदीकाे मूल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।