
घट्याे आज सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।