
कांग्रेस निकट पत्रकारको निर्वाचनमा देउवालाई धक्का, संस्थापन पक्षका अधिकांश पराजित
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको नेतृत्वमा संस्थापन इतर पक्ष विजयी भएको छ ।
हेटौँडामा सम्पन्न महाधिवेशनको आइतबार भएको अन्तिम मतगणनाबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवसहित अधिकांश पदमा संस्थापन पक्ष पराजित भएकाे छ ।
शेखर कोइराला पक्षका अध्यक्षका उम्मेदवार शिव लम्साल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रेम केसी र महासचिवका उम्मेदवार दिलिप पौडेलसहितले विजय हासिल गरेका हुन् । अध्यक्षमा संस्थापन पक्षकी अनिता बिन्दुलाई लम्सालले हराएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेमले सरोज अधिकारीलाई पराजित गरे । उपाध्यक्षमा नकुल अर्याल र भिष्मराज ओझा निर्वाचित हुँदा राममणी दाहाल र शेखर रेग्मी पराजित भएका छन् ।
त्यस्तै, उपाध्यक्ष महिलामा कोइराल पक्षकी सलोजा दाहालले संस्थापनकी कल्पना शर्मालाई पराजित गरेकी छिन् ।
उपाध्यक्षमा बागमतीमा जीवन भण्डारी विजयी भएका छन् । महासचिवमा दिलिपले जगन्नाथ दुलाललाई पराजित गरे ।
यस्ताे छ निर्वाचित पदाधिकारीकाे मत परिणामः