
कति छ आज सुनचाँदीकाे मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनकाे मूल्य आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।