
नयाँ संक्रमितको संख्या फेरि ४०० बाट उकालो लाग्याे, थपिए आज ४३५ नयाँ संक्रमित
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ३१७ र एन्टिजेन परीक्षणबाट ११८ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा १६६७ पीसीआर र १९०२ एन्टिजेन गरी ३३६९ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । ५६ जना कोरोनामुक्त हुँदा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
सक्रिय संक्रमितको संख्या २५३७ पुगेको छ । मन्त्रालयका अनुसार यी मध्ये २३९६ जना होमआइसोलेसनमा रहँदा १४१ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।
१९ जनाको आइसीयूमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।