
घट्याे आज सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे छापाबाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।