
आज देशभर थप ३९१ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडाैं । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौंमा १८५ जनामा संक्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
हाल सक्रिय संक्रमितको सङ्ख्या दुई हजार २७६ रहेका छन् । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको सङ्ख्या एक हजार २७० पुगेको छ ।
विगत २४ घण्टामा ४६ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं जिल्लामा ५०० बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेशनमा दुई हजार १४३, संस्थागत आइसोलेशनमा १३३ र सघन उपचार कक्ष (आइसियु)मा २१ जना उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा एक लाख २१ हजार ५१५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।