
जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी
एजेन्सी । जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन् ।
उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिए ।

उनले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गर्नुभएको जनाइएको छ ।
निर्वाचन गराउनका लागि अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना छ ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा
जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लग्नुपरेको हो ।
निर्वाचन गराउनका लागि उनले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाइएको जनाइएको छ ।

प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसदका लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् ।