Advertisement

विदेशबाट आउँदा अब १४ दिन क्वारेन्टिन बस्नुपर्ने


काठमाडौं । अब विदेशबाट नेपाल भित्रने सबैजना १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हवाई र स्थल दुबै माध्यमबाट नेपाल आउनेलाई क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले विदेशबाट आउने सबैको हकमा यसअघिका परीक्षण र क्वारेन्टिनका सम्बन्धमा भएका सबै प्रावधान खारेज भएको भन्दै अब अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न व्यवस्था मिलाउन केन्द्रलाई पत्राचार गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँका अनुसार १४ दिन क्वारेन्टिनमा बस्दा लक्षण देखिएमा पीसीआर परीक्षण गराउनुपर्ने छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement