Advertisement

पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमितको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् भने १४ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ सय २५ जनाको पीसीमार परीक्षण गर्दा २४ सय ८६ र ११ सय ४३ जनाको एन्टीजेन परीक्षणमा १ सय ३३ जनामा पोजेटिभ देखिएको छ ।

काठमाडौं उपत्यकाका काठमाडौंमा ६ सय ४४, ललितपुरमा १ सय ४१ र भक्तपुरमा ८७ जना गरी ८ सय ७२ जना थपिएका छन् । अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । जसमध्ये २ लाख ७७ हजार १ सय २३ निको भएका छन् भने ३१ सय ३६ जनाको मृत्यु भएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement